तीन सातादेखि ठप्प रहेको तमोर जलविद्युतको उत्पादन सुरु

Published on

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत उत्पादन पुन सुरु भएको हो। ताप्लेजुङमा उत्पादन गरेका मध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत उत्पादन अवरुद्ध भएको थियो । 

उपकरणहरूमा आएको समस्या समाधान पछि शनिबार रातिदेखि विद्युत उत्पादन सुरु भएको जलविद्युत कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या उत्पन्न भएकै समयमा हरेक वर्ष गर्नुपर्ने नियमित मर्मत तालिकाको कार्यलाई समेत एकै सथा गरि उत्पादन सुरु गरिएको अधिकृत गौतमको भनाइ छ । जलविद्युतको उत्पादन करिब दुई वर्ष अघिदेखि सुरु भएको थियो । उत्पादित विद्युतलाई बसन्तपुर सबस्टेसन मार्फत केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ । मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघु सबस्टेसनमा एक सय ३२ केभिए क्षमताको मात्र उपकरण रहेकाले वसन्तपुर सबस्टेसन मार्फत जडान गरिएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...