पर्यकीय क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीको योजना

Published on

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नुभएको छ । उहाँहरुले यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर सम्भावित लगानी र पर्यटन प्रवर्धन, धार्मिक क्षेत्रको उत्थान समेत गर्ने योजना सुनाउनुभयो । शनिबार महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य र भास्कर राज राजकर्णिकारले बागलुङको पञ्चकोट, मालिका लगायतका क्षेत्रको भ्रमण गरेर लगानीको संभावना र आफ्ना चाहनाहरु प्रकट गर्नुभएको हो । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको निमन्त्रणमा उहाँहरु आउनुभएको हो । आफ्नो नियमित भ्रमणसँगै श्रेष्ठको आग्रहले उहाँहरुले यी क्षेत्रमा भ्रमण गरेको बताउनुभयो । 

‘‘हामीले यो क्षेत्रको धार्मिक उत्थान, पर्यटकीय सम्भावनाको विकास गर्ने र जनतालाई उत्पादनमा लगाउने खालको केही न केही लगानी गरौं भन्ने लक्ष्य राखेका छौं’’ पूर्व अध्यक्ष जोशीले भन्नुभयो, ‘त्यसका लागि यो क्षेत्र उपयोगी छ ।’’ चिसो हावापानी, हिमाल देखिने र सडक यातायातले जोडिएकोले ती क्षेत्रमा लगानी गर्दा युवा पलायन रोकिने, पर्यटकीय क्षेत्रको प्रभावले स्थानीय तहले विकास गर्न र आयश्रोत बढाउन सक्ने उहाँको भनाइ थियो । अर्का पूर्व अध्यक्ष सुरज वैद्यले धार्मिक आस्था समेत राख्ने व्यक्ति भएकोले धार्मिक क्षेत्रमै लगानी गर्न खोजेको बताउनुभयो । उहाँले देशमा लगानीमैत्री वातावरण चाहिने भन्दै राज्यले वातावरण बनाउन सकेमा उद्योग, व्यवसाय र पर्यटन क्षेत्रमा प्रसस्त लगानी गर्ने वैद्यको भनाइ थियो । पुर्व अध्यक्ष राजकर्णिकारले बागलुङ धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रले महत्वपुर्ण भएकोले सबैको लगानीको साझा लक्ष्य बनाइएको बताउनुभयो । 

कस्तो खालको व्यवसायमा लगानी गर्ने भन्ने उहाँहरुले खुलाउनुभएको छैन । पर्यटन प्रवद्र्दन भने उहाँहरुको लक्ष्य रहेकोले सोही प्रकृतिको हुन सक्ने बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । पर्यटकीय आर्कषकको गन्तव्य बन्ने बित्तिकै बागलुङको व्यवसायमा चहलपहल बढ्ने भएकाले पुर्व अध्यक्षहरुलाई बोलाएको उहाँको भनाइ छ । बागलुङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनुभएका नगरप्रमुख श्रेष्ठले व्यवसायिक क्षेत्रमा सफल नगर बनाउने चाहना राखेपनि लगानीको वातावरण र अवसर नभएकोले अलमल परेको बताउँदै आउनुभएको छ । नगरपालिकाको अगुवाईमा पर्यटकीय क्षेत्रको प्रर्वद्र्धनका लागि क्युआर कोड बनाउने, पर्यटन लोगो र नारा बनाउने काम भने पर्यटन समितिमार्फत भइसकेको छ । बागलुङ उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवदेखि चैतेदशै मेला र समय समयमा हुने धार्मिक र सांस्कृतिक मेला महोत्सवलाई अबका दिनमा अन्य उद्यम व्यवसाय र उद्योगधन्दा समेत खोलेर आम नागरिकलाई रोजगारमा जोड्ने श्रेष्ठको लक्ष्य छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...