विद्यार्थी महोत्सव आयोजना हुने

Published on

काठमाडौं । कैलालीको धनगढीमा विद्यार्थी महोत्सव आयोजना हुने भएको छ । विद्यार्थीहरुमा अन्तरनिहीत प्रतिभा उजागरको साथै सृजनशीलता, नेतृत्व क्षमता, सामाजिक चेतना, अन्वेषणशील सोंच र आत्मविश्वासको विकास गर्ने उद्देश्यले धनगढीको चैतन्य पाठशालाले दोस्रो पटक चैतन्य विद्यार्थी महोत्सव आयोजना गर्न लागेको हो । ज्ञानको जागरण, संस्कृतिको सम्मान र नवपर्वतनको प्रवाह भन्ने मूल नाराका साथ पुस २२ देखि २९ गतेसम्म महोत्सव आयोेजना हुने सो विद्यालयले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

विद्यार्थीहरुको अन्तरनिहीत प्रतिभाको पहिचान, विकास र प्रोत्साहन, बौद्धिक, सृजनात्मक, साँस्कृतिक तथा व्यावहारिक सीपको विकास गर्नका लागि महोत्सव आयोजना गर्न लागेको पाठशालाका कार्यकारी प्रमुख गणेशप्रसाद जोशीले बताउनुभयो । उहाँले महोत्सव आयोजनाले मानवीय मूल्याङ्कनसहितको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महोत्सवले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र सार्वजनिक अभिव्यक्ति सुद्धिकरणमा सहयोग पु¥याउने आयोजकले जनाएको छ । यसैगरी, संस्कार, मूल्य र नैतिक शिक्षालाई व्यवहारसंग जोड्दै जीवनयोगी शिक्षा प्रवद्र्धनमा महोत्सवले सहयोग पुग्ने जनाइएको छ । यो महोत्सवको आयोजनामार्फत भाषा, साहित्य, संस्कृति तथा स्थानीय पहिचानको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने आयोजकले जानकारी दिएको छ । यो महोत्सवले आधुनिक ज्ञान र परम्परागत मूल्यबिचको सन्तुलन कायम गर्नुका साथै उद्यमशीलता, नवपर्वतन र समस्या समाधान क्षमताको विकास गर्ने कार्यकारी प्रमुख जोशीको भनाइ छ । 

गतवर्ष आयोेजना गरिएको महोत्सवले विद्यार्थीमा उत्साह र उत्प्रेरणाको विकास गरेको उहाँले उल्लेख गर्नुभयो । विद्यार्थीको प्रतिभा अन्तर्गत जहाज उडान परीक्षण, ड्रोन उडान, विज्ञान, अन्वेषण र प्रविधि प्रस्तुति महोत्सवको आकर्षण रहने जनाइएको छ । यस्तै, अन्तर विद्यालय प्रतियोगिता, रमाइलो तथा शैक्षिक खेलहरु, स्थानीय परिकार प्रदशर्नी, स्टिम प्रदर्शनी र नाटक मञ्चन र प्राज्ञिक बहस तथा मौलिक एवम् साँस्कृतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । विद्यार्थीमा सैद्धान्तिक कुरामात्रै नभइ जीवनोपयोगी सीप सिकाउन आवश्यक रहेको विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझाले बताउनुभयो । उहाँले महोत्सवमा जिल्लाभरीको विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता रहने जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...