पुस १४ देखि हराएकी महिला मृत फेला

Published on

काठमाडौं । सल्यानमा यही पुस १४ देखि हराइरहेकी एक महिला मृत फेला परेकी छन् । कपुरकोट गाउँपालिका वडा नं–४ निवासी ७१ वर्षीया कृष्णी घर्ती आइतबार जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँका छोरा गोपाल घर्ती र अन्य गाउँलेहरूले खोजतलासका क्रममा कपुरकोट–४ खामे लेक, थर्कोट नजिकमा फेला पारेका थिए । कपुरकोट–४ का वडा अध्यक्ष मित्र कठायतका अनुसार पुस १४ गतेदेखि कृष्णी घरबाटै हराउनुभएको थियो ।  खोजीको क्रममा घरपरिवार र स्थानीयले अचेत अवस्थामा फेला परेको भन्दै प्रहरी चौकी कपुरकोटमा खबर गरेका थिए ।

त्यसपछि घटनास्थलमा प्रहरी पुगेको थियो । प्रहरी निरीक्षक गोपाल वलीको कमाण्डमा खटिएको टोलीले उहाँलाई मृत फेला परेको पुष्टि गरेको थियो । स्थानीयका अनुसार उहाँ फेला परेको स्थानको केही माथि डाँडोमा स्वीटर भेटिएको थियो । प्रहरीका अनुसार मृतक कृष्णीको मानसिक अवस्था पहिलेदेखि नै ठिक नभएको बुझिएको छ । प्रहरीले घटनाको थप विवरण सङ्कलन गर्दै अनुसन्धान अघि बढाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...