खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

Published on

काठमाडौं । खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ । खोटाङ र उदयपुर जोड्ने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बतासेघाट र लिम्चुबुङ गाउँपालिका –१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुन लागेको हो । यस्तै, खोटाङको वराहपोखरी गाउँपालिका–१ भोर्मा–अजिङ्गरे–फेदिटार र खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने सावा खोलामा पनि बेलिब्रिज जडान हुने भएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ ।

सवारीसाधन वारपारका लागि अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका उक्त दुई ठाउँ र इलामको फेवाखोला माङ्सेबुङ १ र २ जोड्ने गरी तीन वडा बेलिब्रिज जडानको ठेक्का सोमबार खुलेको छ। ठेक्का प्रक्रियामार्फत चाडै बेलिब्रिज जडान हुने कोशी प्रदेश भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले बताउनुभयो । दुर्छिम बतासेघाट र बास्बोटेको सिमानामा रहेको सुनकोशीमा बेलिब्रिज जडान पश्चात हलेसीको पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले बताउनुभयो । खोटाङतर्फ कोशी किनारमा बसोबास गर्ने नागरिकलाई तराई आवतजातमा सहजतासँगै सामान ढुवानीमा पनि ठुलो राहत मिल्नेछ । यस्तै, हिउँदको समयमा उदयपुर एवं तराइका जिल्लाबाट हलेसी आवतजावतमा उक्त बेलिब्रिजले दूरी छोट्याउनेछ । मन्त्री राईसहितको टोलीले बेलिब्रिज जडान हुने स्थानमा आइतबार अनुगमन गरेको छ । 

यस्तै, वराहपोखरी गाउँपालिका–१ र खोटेहाङ गाउँपालिका –९ लिच्किराम्चे जोड्ने सावा खोलामा हिउँदको समयमा पनि पानीको बहाव ठुलो हुने भएकाले सवारीसाधन वारपार गर्न कठिन हुँदै आउको थियो । उक्त स्थानमा पनि बेलिब्रिज जडान हुने भएपछि यात्रु तथा स्थानीय नागरिकलाई ठुलो राहत मिल्नेछ । हाल खोटाङ र उदयपुर जोड्ने अन्य दुई ठाउँमा पनि बेलिब्रिज जडानको काम धमाधम हुँदै छ । फेक्सिन्टारको बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । बंशिलाघाटमा पनि धमाधम काम भइरहेको मन्त्री राईले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...