कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु

Published on

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक विषयहरू तथा विशेष महाधिवेशनको बढ्दो दबाबका विषयमा गम्भीर छलफल हुने छ । पछिल्लो समय महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको तयारी अघि बढाएपछि पार्टीभित्र तिब्र विवाद उत्पन्न भएको छ । बैठकले महाधिवेशन, क्रियाशील सदस्यता विवाद र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर निर्णय लिने छ । बैठकलाई लिएर पार्टी पङ्क्तिमा उत्सुकता बढेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...