तीस हजार क्विन्टल धान खरिद

Published on

काठमाडौं । बर्दियामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले ३० हजार दुई क्विन्टल धान खरिद गरेको छ । खाद्यले किसानबाट सरकारले तोकेको समर्थन मूल्यमा २८ हजार ८२ क्विन्टल मोटा र एक हजार ९ सय २० क्विन्टल मध्यम धान खरिद गरेको हो । खाद्यले १० करोड ४२ लाख ४० हजार छसय २१ रुपियाँ बराबरको धान खरिद गरेको छ । मोटा धान ९ करोड ७२ लाख ७२ हजार तीन सय ५ रुपियाँ  र मध्यम धान ६९ लाख ६८ हजार तीनसय १६ रुपियाँ बराबरको खरिद गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका कार्यालय प्रमुख कमल पाण्डेले बताउनुभयो । खाद्यले राजापुर खरिद केन्द्रबाट १९ हजार ६४ क्विन्टल, शान्तिबजार खरिद केन्द्रबाट  चार हजार ८२ क्विन्टल, जयनगर केन्द्र खरिद केन्द्रबाट दुई हजार ६ सय ५७ क्विन्टल गुलरिया खरिद केन्द्रबाट दुई हजार चारसय ४४ क्विन्टल, बाँसगढी केन्द्रबाट नौ सय ५७ क्विन्टल र बढैयाताल केन्द्रबाट सातसय ९८ क्विन्टल धान खरिद गरेको छ । 

जिल्ला खरिद समिति बर्दियाले आठ वटै स्थानीय तहमा तीन–तीन हजार क्विन्टल धान खरिद गर्ने कोटा छुट्याएको थियो । धान खरिदका लागि गोदामको व्यवस्था गरेका बारबर्दिया, गुलरिया, बाँसगढी नगरपालिका र गेरुवा र बढैयाताल गाउँपालिकामा धान खरिद गरिएको थियो । अरु पालिकामा धान खरिद गरेर बचेको कोटा राजापुर खाद्यको हाताभित्र खरिद गरेको प्रमुख पाण्डेले बताउनुभयो । खाद्यमा धान राख्ने गोदाम खाली नभएको हुनाले पाँचवटा खरिद केन्द्रमा खरिद गरिएको धान सोही स्थानमा राखिएको छ । नगरपालिकाका गोदामहरू सुरक्षित नभएको हुनाले पनि धान राख्न जोखिम भएको बताइएको छ । गोदाममा रहेको धान प्रशोधन गरेपछि खाद्यकै गोदाममा ल्याइने उहाँले बताउनुभयो । गोदाममा राखिएको चामल नबिकेको हुनाले गोदाम खाली नहुँदा धान राख्न समस्या भएको छ । 

सरकारले यस बर्ष मोटा धानको समर्थन मूल्य ३४ सय ६३ रुपियाँ प्रतिक्विन्टल तोकेको थियो । मध्यम धान प्रतिक्विन्टल तीन हजार छसय २८ रुपियाँ तोकेको थियो । खाद्यले गत बर्ष एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखे पनि ३७ हजार क्विन्टल मात्र धान खरिद गरेको थियो । यस बर्ष ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा लक्ष्यअनुसार धान खरिद भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...