क्यान्सर पीडितलाई सहयोग गर्न क्यान्सर विजेताद्वारा साइकल यात्रा

Published on

काठमाडौं । क्यान्सर प्रभावित विपन्न परिवारलाई सहयोग जुटाउने उद्देश्यले मध्य पहाडी लोकमार्गको यात्रा सुरु गरेको क्यान्सर विजेताको टोली धनकुटा आइपुगेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर पाँचथरस्थित उत्तर पूर्वी सिमाना चिवा भञ्ज्याङबाट जनवरी १ मा यात्रा सुरु गरेको टोली पाँचथर र तेह्रथुमको यात्रा पूरा गरी धनकुटा आइपुगेको हो । क्यान्सर विजेता तथा लिड राइडर हर्क लामाको अगुवाइमा सुरु भएको यस अभियानमा अर्की क्यान्सर विजेता तथा लिड राइडर कविता चित्रकारसहित जम्मा ८ जना साइक्लिङमा सहभागी  छ । साइकल यात्राको संयोजन डा. तारालाल श्रेष्ठले गर्नुभएको छ ।

साइकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको यो अभियानको मुख्य उद्देश्य धुलिखेल अस्पतालमा उपचार गराउन आउने क्यान्सर प्रभावित विपन्न नागरिकका लागि कोष सङ्कलन गर्नु रहेको संयोजन डा. तारालाल श्रेष्ठले जानकारी दिनुभयो । यात्राको क्रममा टोलीले विभिन्न स्थानमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरसम्बन्धी जनचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । धनकुटाको लेगुवामा करिब २५ जना महिला दिदीबहिनीलाई लक्षित गर्दै अन्तरक्रियात्मक जनचेतना कार्यक्रम सञ्चालन गरिएको छ । पश्चिम बैतडीको झुलाघाटसम्मको करिब १८ सय किलोमिटर लामो मध्य पहाडी लोकमार्गको यात्रा साइकलमार्फत करिब एक महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...