खेतमा भेटियो मृत हात्ती

Published on

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका –३ को एक कृषकको खेतमा जङ्गली हात्ती मृत फेला परेको छ । मंगलबार बिहानै मृत जंगली हात्ती देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमास्थित कालिका सिमसार जाने बाटोमा स्थानीय लालबहादुर रसाइलीको खेतमा फेला परेको उक्त जंगली हात्तीको दाह्रा भने नभएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी यादवले गोरखापत्रलाई बताउनुभयो । हात्ती के कारणले मरेको हो भन्नेबारेमा थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु संरक्षणबाट वनविज्ञ टोलीलाई बोलाइसकिएको डिभिजन वन कार्यालय प्रमुख यादवले बताउनुभयो । हात्तीको दाह्रा नपलाएको प्रारम्भिक अनुसन्धानले देखाएको र घाउचोट समेत नदेखिएकाले खानेकुरामा विष मिलाएको हुनसक्ने आशङ्का गरिएको वन कार्यालयका प्रमुख यादवले बताउनुभयो । 

अहिले डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का उठाउने काम गरिरहेको छ । इलाका प्रहरी कार्यालय बुधवारेका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्र राउतसहितको प्रहरी टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान थालेको जनाएको छ । झापामा पछिल्लो पटक मानव–हात्ती द्वन्द्वका कारण बर्सेनि मानव र हात्तीको मृत्यु हुँदै आइरहेको छ । यस पटक एक जङ्गली हात्तीको मृत्यु भएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...