बर्दियामा ४८ हजार पशुलाई खोरेत भ्याक्सिन

Published on

काठमाडौं । बर्दियामा रहेका ४८ हजार पशुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । पशु चौपायमा तीव्र रुपमा फैलिने खोरेत रोग नियन्त्रणका लागि बर्दिया जिल्लाका आठवटै पालिकासँग सहकार्य गरेर एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले भ्याक्सिन लगाउन सुरु गरेको हो । खोरेत रोग पशुचौपायमा तीव्र रुपमा फैलिने रोग हो । रोगी पशु अर्को पशुमा सम्पर्कमा आएपछि खोरेत रोग सर्ने गर्दछ । रोगले महामारीकै रुप लिई पशुस्वास्थ्यमा असर गर्न थालेपछि सरकारले सन् २०१५ देखि भ्याक्सिन लगाउन थालेको हो ।  

बर्दियामा वन्यजन्तुबाट पनि सहजै खोरेत रोग सर्ने गर्दछ । गाई भैँसी बाख्रा सुँगुरलगायतका  घरपालुवा जनावरलाई खोरेतविरुद्धको भ्याक्सिन लगाइने पशु सेवा अधिकृत रुपेन्द्रकुमार ओलीले बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारले बर्दियाका लागि ४८ हजार डोज भ्याक्सिन उपलब्ध गराएको बताउँदै सबै पालिकामा एकैपटक भ्याक्सिनेसनको कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार यस वर्ष ४८ हजार पशुलाई भ्याक्सिन लगाउने गरी ४७ जना भ्याक्सिनेटरसहित जनशक्ति परिचालन गरेको छ । गत वर्ष कार्यालयले ४० हजार पशुलाई खोरेत भ्याक्सिन लगाएको थियो । भने अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा ४५ हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाएको थियो ।

पशु सेवा अधिकृत ओलीका अनुसार  खोरेत लागेका पशुमा उच्च ज्वरो आउने, मुख, जिब्रो र गिजामा घाउ हुने, र्‍याल चुहाउने, खुरको बिचमा घाउ हुने, खाना नखाने, दुधको उत्पादन घट्ने, दुब्लाउने हुन्छ । रोगको समयमा उपचार नभएमा, उत्पादनमा कमी आउने, लङ्गडोपन हुने र पशु पनि मर्न सक्ने सम्भावना हुन्छ । खोरेत रोगबाट दुध र मासु उत्पादनमा कमी नआओस भनेर सरकारले खोरेत रोगको खोप नियमित उपलब्ध गराउँदै आएको छ । उहाँले रोगी जनावरसँग प्रत्यक्ष सम्पर्क भएमा वा रोगी जनावरको मासु र काँचो दुध खाएमा मानिसमा पनि सर्न सक्ने बताउनुभयो । रोगबाट पशुचौपायलाई बचाउनका लागि नियमित रुपमा खोप लगाउनुपर्ने, बिरामी पशुलाई अलग राख्नुपर्ने र अरु पशुलााई सम्पर्कमा आउन दिन नहुने उहाँले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...