सुदूरपश्चिम प्रदेश सभाकाे बैठक स्थगित

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । सभामुखको आदेशानुसार अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि चार महिनासम्म प्रदेश सभाको बैठक बस्न सकेको थिएन । सभा भवन मर्मतपछि केही दिन अगाडिबाट मात्रै प्रदेश सभाको बैठक पुनः सुरु भएको थियो ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...