बर्दियामा तीन लाख २३ हजार मतदाता

Published on

काठमाडौं । बर्दियामा तीन लाख २३ हजार २ सय ६६ मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी फागुन २० गतेसम्म १८ वर्ष पुगेका मतदाताले मतदान गर्न पाउने भएका हुन्। निर्वाचन कार्यालय बर्दियाले प्रकाशन गरेको अन्तिम मतदाता नामावली अनुसार पुरुष एक लाख ५९ हजार तीन सय ८७ र महिला एक लाख ६३ हजार आठ सय ७३ जना र अन्य छ जना मतदाता रहेका छन् ।

गत असोज १० गते यता पुरुष तीन हजार दुई सय ९२ र महिला दुई हजार छ सय ४० जना गरी पाँच हजार ९ सय ३२ मतदाता थपिएका छन् । असोज १० गतेभन्दा अगाडि बर्दिया जिल्लामा तीन लाख १७ हजार तीन सय ३४ जना मतदाता रहेको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनुभयो । 

त्यसैगरी बर्दियामा एक सय ५४ मतदाता स्थलमा तीन सय ८७ मतदान केन्द्र राखिएको छ । यस वर्ष मतदान स्थल र मतदान केन्द्र थपघट नगरेपनि दुई ओटा मतदान स्थल स्थानान्तरण गरिएको छ । गुलरिया नगरपालिका वडा ६ को टाउनहलबाट श्री राधाकृष्ण थारू बंगलामुखी मा विमा र सामुदायिक भवन धामपुरबाट सदाशिव बहुमुखी क्याम्पस धामपुरमा स्थानान्तरण गरिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

मौरिससमा रहेका १४ हजार नेपाली श्रमिकको अधिकारबारे छलफल

काठमाडौँ । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी...

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...