निर्माण सुरु गरेको आठ वर्षमा ९० प्रतिशत प्रगती

Published on

काठमाडौं । नवलपुरको कावासोती नगरपालिका वडा ३, ४ र ५ लाई जोड्ने केरुङ्गे खोलामा निर्माणाधीन पुलको आठ वर्षमा ९० प्रतिशत काम सम्पन्न भएको छ । तीन वर्षमा सक्ने गरी २०७५ सालमा सुरु भएको पुल निर्माणको काम अहिले ९० प्रतिशत सकिएको कावासोती-४ का अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । विसं. २०७७ साल असारसम्ममा निर्माण सम्पन्न गर्नुपर्नेमा काम अलपत्र पारेर पटकपटक ठेकेदार सम्पर्कविहीन भएपछि समयमा नसकपछिल्लो हो । पछिल्लो पटक विसं. २०८० असारसम्म काम सम्पन्न गर्ने सर्तमा म्याद थप भएको थियो । 

पुलको माथिल्लो भाग कालोपत्रे भएर आवतजावत गर्न मिल्ने भए पनि पुललाई जोड्ने दायाँबायाँ बाटो कालोपत्रे भएको छैन भने तटबन्ध निर्माण र ग्याविन वाल लगाउने काम पनि बाँकी नै छ । तटबन्ध निर्माण नहुँदा तटीय क्षेत्रमा डुवानको जोखिम रहेको भन्दै अध्यक्ष लोहनीले तत्काल निर्माणको कामलाई तिब्रता दिन ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । एक सय ४० मिटर लम्बाइको पुल साढे १० करोडमा निर्माण सम्पन्न गर्ने गरि एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । यहाँ पुल निर्माण नहुँदा वर्षाको समयमा विद्यालय आउजाउ गर्ने विद्यार्थी, हुप्सेकोट र कावासोतीका व्यावसायिक किसानलाई सबैभन्दा बढी समस्या हुने गरेकोमा अव भने सहज हुने भएको छ । यो पुल बनेपछि पाल्पासम्मको यात्रालाई पनि छोटो बनाउनेछ। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...