एमाले प्रचार विभाग प्रमुखमा शाही

Published on

काठमाडौं । नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन हुनु भएको छ। पार्टीको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मुलधारमा प्रवेश गर्नु भएको हो । शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रशारक सङ्घ (अकोर्याब) को दुई कार्यकाल अध्यक्ष हुनु भएको थियो । शाही सामुदायिक रेडियो विश्व सङ्गठनको सहअध्यक्ष हुनु हुन्छ । २०७४ सालमा उहाँ राष्ट्रिय योजना आयोगको सदस्य हुनु हुन्थ्यो । शाही यसअघि मानव अधिकार एलायन्सको अध्यक्ष हुनु हुन्थ्यो । शाही ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन हुनु भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...