गण्डकीमा जनमोर्चाबाट बराल र बास्कोटाको उम्मेदवारी

Published on

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा एकल उम्मेदवारी दिएको छ । बुधबार जनमोर्चाले अन्य समूहबाट कास्कीका शङ्कर बराल र महिलाबाट बागलुङकी लक्ष्मी बास्कोटाको उम्मेदवारी दर्ता गराएको हो । प्रदेशमा जनमोर्चाका चार मतदाता छन् । प्रदेशसभा सदस्य नरहेको जनमोर्चाका चार पालिका प्रमुख÷उपप्रमुख छन् । गएको स्थानीय तह निर्वाचनमा जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख, बरेङ गाउँपालिका अध्यक्ष र बडिगाड र काठेखोला गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो । प्रदेशमा जनमोर्चाको मतभार ७६ छ । 

उहाँहरुको प्रस्तावकका जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन र समर्थकमा काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा हुनुहुन्छ । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमालेले गठबन्धन गरी साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एकले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचनको कार्यतालिका बमोजिम आज देशका सातै प्रदेशमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दै छन् । गण्डकीमा कुल मतभार छ हजार तीन सय ५७ छ । यहाँ प्रदेशसभाका ५९ सदस्यको मतभार तीन हजार एक सय २७ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको तीन हजार दुई सय ३० गरी कुल मतभार छ हजार तीन सय ५७ छ । गण्डकीको ६० सदस्यीय प्रदेशसभामा एक सदस्य रिक्त छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...