रुपामा एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य

Published on

काठमाडौं । कास्कीको रुपा गाउँपालिकाले किसानलाई अनुदान सहयोग गरी लसुन र प्याजको व्यावसायिक खेती गरिरहेको छ । पालिकाले यस वर्ष एक लाख ७५ हजार किलो लसुन र प्याज उत्पादन गर्ने लक्ष्य राखेको छ । अघिल्लो वर्ष लसुन र प्याजखेतीको नमूना परीक्षण गरेको पालिकाले यस वर्ष किसानलाई अनुदान सहयोग गरी यसतर्फ आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाका सातवटै वडाको करिब ४०० रोपनी क्षेत्रफलमा लसुन र प्याजको खेती भइरहेको छ ।

गाउँपालिकाका स्यास्त्री, दर्गामटार, पोल्याङटार, तागेडाँडा, खाल्टे, देउराली, देउराली फेदी, चिसापानी, खोलाको छेउलगायतका स्थानमा लसुन र प्याजको व्यावसायिक खेती गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो । पालिकाले लसुनका लागि प्रतिरोपनी रु. १० हजार र प्याजका लागि प्रतिरोपनी रु. आठ हजार अनुदान सहयोग उपलब्ध गराएको उहाँले जानकारी दिनुुभयो । पालिकाले अदुवाखेतीमा समेत जोड दिँदै किसानलाई अदुवाको बीउ अनुदानमा उपलब्ध गराएको छ । 

पालिकाभित्र करिब २५० रोपनीमा अदुवाखेती भइरहेको बताउँदै यस यस वर्ष ८० हजार किलो उत्पादन हुने अनुमान गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।  “पालिकाका विभिन्न स्थानमा लगाइएको अदुवा राम्रो फलेको छ”, उहाँले भन्नुभयो, “एक किलो बीउ लगाइएको ठाउँमा एक डोकोसम्म फलेको किसानहरूले बताएका छन् ।” व्यावसायिक कृषिमा युवाहरूको आकर्षण बढिरहेको बताउँदै अध्यक्ष ओझाले पालिकाले स्वरोजगार अभिवृद्धिमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले यहाँका एक सयभन्दा बढी युवा व्यावसायिक कृषिमा लागेका बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...