रैथाने खाना महोत्सवको तयारी

Published on

काठमाडौं । पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने भएको छ । नेपाल मगर संघ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसरमा खाना महोत्सव आयोजना गर्न लागेको हो । आयोजक नेपाल मगर संघले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको तयारी तीब्र पारिएको जानकारी दिएको छ । ‘रैथाने खानाको प्रवर्धन, आन्तरिक तथा बाह्य पर्यटनको संवर्धन’ भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको मगर सङ्घ पाँचथरका अध्यक्ष यौवनकुमार थापा मगरले बताउनु भयो ।

महोत्सवमा मगर, राई, लिम्बू, तामाङ, नेवारसहित १२ भन्दा धेरै आदिवासी जनजातिको संस्कृतिमा आधारित रैथाने परिकारका स्टल रहने छन् । महोत्सवमा झाँकीसहितका सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने मगर सङ्घको तयारी छ । फिदिम नगरपालिकाको प्रवर्धनमा महोत्सव आयोजना गर्न लागिएको हो । कार्यक्रमले जिल्लाको सांस्कृतिक विविधता उजागर गर्नुका साथै स्थानीय पर्यटन प्रवर्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आयोजकको रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...