जीवन शर्मा एकल साँझमा गुञ्जने

Published on

काठमाडौं । जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी सुरु गरिएको छ ।  लामो समयदेखि गरिब दुःखी, निमुखा, मजदुर किसानको पक्षमा र विकृति विसंगति, महँगी र भ्रष्टचारविरुद्धमा गीत संगीतमार्फत आवाज उठाउँदै आउनुभएका बागलुङको जैमिनी नगरपालिका –९ राङखानी निवासी शर्माको एकल साँझको तयारी अगाडि बढाइएको हो । प्रगतिशील लेखक संघ बागलुङको आयोजनामा अगामी माघ २४ गते बागलुङ बजारमा गर्न लागिएको जीवन शर्मा एकल साँस्कृतिक साँझको तयारी स्वरुप सचिवालय गठन र विभिन्न उपसमिति गठन गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रगतिशील लेखक संघ बागलुङका अध्यक्ष विजय रानाले जानकारी दिनुभयो । एकल साँझ गर्न गत पुस १६ गते प्रगतिशील विचार राख्ने लेखकको सर्वपक्षीय भेलाले रानाको संयोजकत्वमा मूल समिति गठन गरेको थियो । मूल समितिको बैठकले आर्थिक, प्रचारप्रसार, टिकट व्यवस्थापन, मञ्च तथा प्राविधिक, स्वयंमसेवक तथा सुरक्षा र फोटो भिडियो उपसमिति गठन गरेको रानाले बताउनुभयो । 

आर्थिक उपसमितिको संयोजकमा विनोद प्रतिक थापा, सदस्यमा तारानाथ आचार्य र रेजिना खत्री, प्रचारप्रसार उपसमितिको संयोजकमा खेमराज गौतम सुवास, सदस्यहरुमा ताराप्रसाद शर्मा र यमबहादुर थापा, टिकट व्यवस्थापन उपसमितिको संयोजकमा आश्विन शेख, सदस्यहरुमा घनश्याम कँडेल र अमृत सापकोटा रहनुभएको छ । यस्तै मञ्च तथा प्राविधिक उपसमितिको संयोजकमा दिलीप प्रतेल, स्वयमसेवक तथा सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा रोहित सुनारसहित प्रवुद्ध युवा समूह र फोटो भिडियो संयोजकमा दिनेश जिसी र सदस्यमा सुजन रेग्मी रहनुभएको छ । सचिवालय समितिमा मुल संयोजकसहित उपसमितिका संयोजकहरु रहने अध्यक्ष रानाको भनाइ छ । एकल साँझका लागि ६ लाख रुपियाँ खर्च अनुमान गरिएको तथा विभिन्न प्रायोजक, स्थानीय तह, टिकट, संघसंस्थाबाट आर्थिक संकलन गरिने बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...