सशस्त्र प्रहरीको श्रमदानबाट विपन्न परिवारको घर निर्माण

Published on

काठमाडौं । सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ । तीन जना छोराछोरीका साथ खोल्सा नजिक पाखामा घाम पानी छिर्ने जिर्ण कटेरोमा जीवनयापन गर्दै आउनुभएका पूर्णकुमार र सम्झना आङ्बोका लागि सशस्त्र प्रहरीको फिदिमस्थित हिमशिखर गुल्मले १२ दिनसम्म प्रहरी कर्मचारी खटाएर घर बनाइदिएको हो । नव निर्मित घर निर्माणपश्चात् हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसर पारेर स्थानीय पूर्णकुमार आङबो र सम्झना आङ्बो दम्पतीका लागि घर निर्माण गरिएको गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरिक्षक चिरञ्जीवी प्रसाईले जानकारी दिनुभयो । तीन जना छोराछोरीसहित घामपानीसमेत छेक्न नसक्ने सानो कटेरोमा बसोबास गर्दै आएका आङबो परिवारको दयनीय अवस्था देखेपछि स्थानीय शिक्षिका रीता तुम्बापोले सार्वजनिक रूपमा सहयोगको आह्वान गर्नुभएको थियो । 

उहाँको पहल र जन सेवा समाजको समन्वयमा ढुङ्गा, माटो, टिन र काठ प्रयोग गरी दुईकोठे चिटिक्क घर निर्माण गरिएको हो । घर निर्माणका क्रममा सशस्त्र प्रहरीका आठ जना कर्मचारीले निरन्तर १३ दिन श्रमदान गर्नुभएको थियो । काठपात स्थानीयस्तरमै व्यवस्थापन गरिएको थियो भने टिन तथा अन्य सामग्री फिदिम नगरपालिका र वडा नम्बर १० को कार्यालयबाट उपलब्ध गराइएको जनाइएको छ । साथै, मनकारी व्यक्तिहरूबाट समेत नगद सहयोग प्राप्त भएको शिक्षिका तुम्बापोले जानकारी दिनुभयो । प्रहरी नायव उपरिक्षक प्रसाईंले सशस्त्र प्रहरी बलको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको बताउनुभयो । ढुङ्गा माटो टिन र काँटी प्रयोग गरेर बनाइएको घर २ कोठाको छ । यो घर निर्माण गर्न ८ जना प्रहरीले निरन्तर १३ दिनसम्म श्रम गरेका थिए भने वडा कार्यालय र नगरपालिकाले टिनलगायतका सामग्री सहयोग गरेका छन । केही स्थानीयले आर्थिक सहयोग उपलब्ध गराएको घर निर्माणको समन्वयकर्ता शिक्षिका तुम्बापो बताउनुहुन्छ । निर्माण सकिएसँगै आङ्बो परिवार शुक्रबारदेखि नयाँ घरमा सरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...