राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

Published on

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नु भएको छ ।  विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्ति सुरक्षा बजेटमा मूल्याङ्कन गरिएको योगदान संयुक्त राष्ट्रसङ्घको बडापत्र अन्तर्गत संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रका लागि कानुनी दायित्व रहेको बताउनु भएको छ ।  उहाँले संयुक्त राष्ट्रका सबै निकायले सदस्य राष्ट्रले उनीहरूलाई दिएको जनादेशको पालना जारी राख्न, संगठनको काममा निर्भर रहेका विश्वभरका मानिसको सेवा गर्ने जिम्मेवारी र दृढ संकल्पका साथ गर्ने कुरामा जोड दिनु भएको छ । संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रका ३१ वटा एजेन्सी र कार्यालयसहित दर्जनौँ अन्तर्राष्ट्रिय संस्थाबाट सदस्यता फिर्ता लिन तत्काल कदम चाल्ने बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशले परिवार नियोजन र मातृ तथा नवजात स्वास्थ्यलाई समर्थन गर्ने संयुक्त राष्ट्र जनसङ्ख्या कोष, जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सनको सचिवालय जस्ता निकाय रहेका छन् । आदेशमा सदस्यता फिर्ता लिने आदेशमा सहभागिता वा कोष रोक्ने जनाइएको छ भने राष्ट्रपति ट्रम्पले यी संस्थामा अमेरिकी संलग्नता अमेरिकी हितको विपरित रहेको तर्क गर्नु भएको छ ।  यस निर्णयप्रति प्रतिक्रिया दिँदै संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनका कार्यकारी सचिव साइमन स्टिलले जलवायु सहयोगबाट पछि हट्ने निर्णयले अमेरिकी अर्थतन्त्रलाई नोक्सान पुग्ने चेतावनी दिनु भएको छ । संयुक्त राष्ट्र जलवायु परिवर्तन र पेरिस सम्झौता दुवैलाई आकार दिन अमेरिकाले केन्द्रीय भूमिका खेलेकोसमेत उहाँले बताउनु भएको छ ।  स्टिलले जलवायु सहयोग फिर्ता लिनुले अमेरिकी अर्थव्यवस्था, रोजगारी र जीवनस्तरलाई क्षति पुर्याउने उल्लेख गर्दै जङ्गली आगो, बाढी र गम्भीर आँधीबेहरीले अमेरिकीको लागि ऊर्जा, खाना, यातायात र बिमा लागत बढाउने बताउनु भएको छ । जलवायु सम्मेलनको सचिवालयले अन्तर्राष्ट्रिय सहयोगबाट विश्वव्यापी देशलाई फाइदा पुर्याउन काम गर्न जारी राख्ने कुरामा जोड दिँदै उहाँले संयुक्त राज्य अमेरिकाको लागि भविष्यमा फर्कने ढोका खुला रहने बताउनु भएको छ । अमेरिकी निर्णयबाट प्रभावित अन्य संयुक्त राष्ट्रसङ्घका निकायमा दिगो विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्ने आर्थिक र सामाजिक मामिला विभाग र पानी र सरसफाइका सवाल समावेश छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...