माटो परीक्षण गर्दा अम्लीयपन भेटियो

Published on

काठमाडौं । गोरखाको शहीद लखन गाउँपालिका खेतबारीको माटो परीक्षण गर्दा अम्लीयपन भेटिएकाे छ । गोरखाको शहीद लखन गाउँपालिकाले कृषकको खेतबारीमा उर्बराशक्ति जोगाउँदै उत्पादन बढाउने उद्देश्यका साथ सञ्चालन गरेको माटो परीक्षण शिविरबाट ४ वटा वडामा अम्लीयपन भेटिएको शहीद लखन गाउँपालिकाका कृषि शाखा प्रमुख नबिन अधिकारीले जानकारी दिनुभयो । किसानले अनियन्त्रित रुपमा रासायनिक मल प्रयोग गरिरहनुभएको छ, कृषि शाखा प्रमुख अधिकारीले भन्नुभयो, ‘माटोको अवस्था नबुझी जथाभावी रासायनिक मल प्रयोग गर्दा माटोको उर्बराशक्ति ह्रास गराउँदै लागेकाले आवश्यक उपचार तथा सिफारिस गर्न शिविर सञ्चालन गरिएको हो  ।’

गत सोमबारबाट सुरु गरिएको माटो परीक्षणमा वडा नम्बर ९, ८, ७ र ६ मा शिविर सञ्चालन गरिएकोमा वडा नम्बर ९ मा २७, वडा नम्बर ८ मा ४४, वडा नम्बर ७ मा २४ र वडा नम्बर ६ मा १०९ स्थानको माटो परीक्षण गर्दा अम्लीयपना भेटिएको गाउँपालिकाले जनाएको छ । परीक्षणको क्रममा माटोको अम्लीयपन, खाद्यतत्त्वको अवस्था तथा बालीको पोषण दिन सक्ने क्षमता जाँच गरिएको कृषि शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आधिकांश माटोमा अम्लीयपन बढी देखिएको छ भने नाइट्रोजन र पोटासको मात्र मध्यम भए पनि फस्फोरस अत्यन्तै न्यून रहेको पाइएको छ ।

 अम्लीय माटो भएका क्षेत्रमा कृषि चुनाको प्रयोग गर्न सिफारिस गरिएको छ भने कुन ठाउँमा कुन बाली लगाउन उपयुक्त हुन्छ भन्ने विषयमा कृषकलाई परामर्श दिएपछि यसले बढी र राम्रो उत्पादन गर्न सहज हुने पालिकाले जनाएको छ । माया प्रेम संस्थाको सहयोगमा ३ सय नमुनाको परीक्षण गरिएको र गाउँपालिकाले आफ्नै बजेटबाट बाँकी वडामा पनि माटो शिविर सञ्चालन गर्ने तयारी गरेको कृषि शाखा प्रमुख अधिकारीको भनाइ छ ।शनिबारसम्म चार वटा वडाका कुल २०४ जना किसानले शिविरबाट प्रत्यक्ष लाभ लिएका छन् भने अन्य वडामा अबको केही दिनभित्रमा माटो परीक्षण शिविर सञ्चालन गरिने पालिका कृषि शाखाले जनाएको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

साफ फुटसल : माल्दिभ्ससँग हारेपछि नेपाल बाहिरियो

काठमाडौं । नेपालले थाइलायन्डमा जारी साफ फुटसल च्याम्पियनसिपबाट बाहिरिएको छ । नोन्थाबुरी स्टेडियमको फुटसल...

मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

काठमाडौं । चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको...

कराची मल आगलागीमा मृतक सङ्ख्या ५५ पुग्यो

काठमाडौं । पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीस्थित एक मलमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको...

अफगानिस्तानमा आम नागरिकमाथि भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषद्द्वारा निन्दा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सदस्यले अफगानिस्तानको राजधानी काबुलको रेस्टुरेन्टमा भएको आक्रमणको कडा...