हराएको अठार महिनापछि गाडिएको अवस्थामा बस फेला

Published on

काठमाडौं । चितवनको मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेर हराएको दुई बसमध्ये एउटा फेला परेको छ । नदीमा खसेको अठार महिनापछि आज दुई वटामध्ये एउटा बस नदी किनारमा गाडिएको अवस्थामा फेला परेको हो ।फेला परेको एउटा बसको अगाडिको ड्राइभरतर्फको चक्काको डिस्ट र केही टिनको भाग फेला परेको छ । माछा मार्ने क्रममा स्थानीय रोशन भुजेलले देखेपछि  प्रहरीलाई खबर गर्नुभएको थियो । 

दुर्घटना भएको स्थलबाट करिब तीन सय मिटर तल बसको केही भाग नदी किनारको बालुवामा गाडिएको अवस्थामा फेला परेको हो । बसको अवशेष खोतल्ने काम प्रहरीले गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ । चितवन प्रहरीका प्रवक्ता रविन्द्र खनालले गडिएको अवस्थामा फेला परेको बस गत वर्ष पहिले बगाएको हो होइन भन्ने विषयमा अनुसन्धान भैराखेको जानकारी दिएको छ । २०८१ असार २८ गते भरतपुर महानगरपालिका–२९, सिमलतालमा बिहान ३ बजे  पहिरोले बगाउँदा त्रिशूलीमा खसेर २ वटा यात्रुबाहक बस खसेर  बेपत्ता भएक थिए ।

 वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा सोहोरेको थियो । ६५ जना रहेको दुई वटा बसमा तीन जना घाइते अवस्थामा फेला परेका थिए । ११ जनाको मृत्यु भएको शबव फेला परेको थियो  ५१ जना बेपत्ता भएका थिए । बस खोज्न भारतबाट समेत गोताखोर आएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...