साँगुरीगढीमा बेवारिसे पुरुषको शव फेला

Published on

काठमाडौं । धनकुटाको साँगुरीगढी गाउँपालिका –१०, स्थित घुम्ती खोलानजिकै कोशी नदीको तीरमा एकजना पुरुषको शव फेला परेको छ । आइतवार बिहान घोप्टे परेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार कोशी किनारमा नाम थर नखुलेको करिब ३० देखि ३५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जानकारी दिनुभयो । 

बेवारिसे अवस्थामा फेला परेको शव जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान टोली खटी शवको प्रारम्भिक अनुसन्धानपश्चात् पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...