रुपैडिहाको रेल स्टेशशन र रेल लाइनको विस्तार र स्तरोन्नती

Published on

काठमाडौं । यहाँस्थित नेपाल–भारत सीमा पारी रहेको रुपैडिहाको नेपालगन्ज रोड नामक रेल स्टेसन र रुपैडिहादेखि बहराइच सम्मको रेल लाइनलाई ब्रडगेज (बडी लाइन) मा स्तरोन्नती र विद्युतिकरण गर्ने कार्य सम्पन्न गरिएको छ । नेपालगन्ज रोडदेखि बहराइच सम्मको करिब ५५ किलोमिटर लामो रेल लाइनलाई ब्रडगेज रेल लाइनमा विस्तार गर्नुका साथै सो लाइनमा पर्ने चार वटा स्टेशनलाई अत्याधुनिक तरिकाले पुन:र्निमाण गरिएको हो । भारतीय रेल विभागका इन्जिनियर ए.पी. नौविकले सो परियोजनाअन्तर्गत ५५ किलोमिटरको रेल लाइनलाई नयाँ तरिकाले बिछाएर ब्रडगेजमा बिस्तार गर्नुका साथै नेपालगन्ज रोड, नानपारा, मटेरा र रिसियाको नयाँ स्टेशन भवन, प्लेटफर्म तथा आवश्यक पूर्वाधार निर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँले सो रेल लाइन र स्टेशनहरुको अन्तिम प्राविधिक निरिक्षण समेत गरिसकेको हुँदा केही दिनमै रेल सेवा सञ्चालनमा आउने तयारी चलिरहेको जनाउनुभयो ।  

यसअघि ५ अक्टोबर २०२५ मा नयाँ रेल लाइनको सुरक्षा निरीक्षण र स्पिड ट्रायल सम्पन्न भई १२० किलोमिटर प्रतिघण्टासम्मको गतिमा सफलतापूर्वक परीक्षण गरिएको थियो । साथै, प्रि–सीआरएस र सीआरएससम्बन्धी प्रक्रिया पनि भारतीय रेलका उच्च अधिकारीहरूबाट पहिल्यै सम्पन्न भइसकेको छ । रेल लाइन र स्टेशनको स्तरोन्नती पुरा भएर रेल सेवा सुचारु गर्ने तयारी अन्तिममा पुगेको बेला भारतको सीमा क्षेत्र तथा पश्चिम नेपालका नागरिकहरु उत्साहित देखिएका छन् । यस्तै, सीमापारी रुपैडिहामा लाइन विस्तार र नयाँ स्टेशन निर्माण गरिएपछि शुरु हुन थालेको ब्रडगेज रेल सेवाबाट नेपाली नागरिक र व्यवसायीलाई ठुलो लाभ मिल्ने जनाईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष नन्दलाल वैश्यले बढी लाइनको रेल सेवा सञ्चानमा आएपछि भारतीय भन्दा बढी लाभ नेपालीलाई हुने बताउनुभयो । उहाँले सो सेवाबाट रोजगारी र अन्य कामका लागि भारतका विभिन्न ठाउँमा जाने नेपालीहरुलाई जान सहज हुने र सस्तो भाडामा जान सकिने बताउनुभयो । सोही प्रकारले नाकासम्म मालगाडी पनि चल्ने हुँदा नेपालगन्जका व्यवसायीलाई भारतका विभिन्न सहरबाट कम भाडामै मालसामान ल्याउन सहज हुने र व्यापार व्वयसाय बढ्ने पुर्व अध्यक्ष वैश्यले बताउनुभयो ।  गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...