करदाता सेवा कार्यालय खारेज

Published on

काठमाडौं । पर्वत सदरमुकाम कुश्मा बजारस्थित करदाता सेवा कार्यालय खारेज भएको छ । नेपाल सरकारको निर्णय अनुसार दरबन्दी कटौती गर्ने, करारका कर्मचारी घटाउने नीति अनुसार करदाता सेवा कार्यालय खारेज भएको हो । करदाता सेवा कार्यालयको काम अब कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) ले गर्ने र विशेष प्रकृतिका काम बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले गर्ने प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिनुभयो । यो कामका लागि प्रारम्भिक चरणको प्रक्रिया शुरु भैसकेको सिलवालको भनाइ छ । सिलवालका अनुसार पर्वतस्थित कोलेनिकाले स्थायी लेखा नम्बर जारी गर्ने, व्यक्तिगत र व्यवसायिक प्यान जारी गर्ने, आयकरमा दर्ता गर्ने काम गर्नेछ । त्यस्तै अन्तशुल्क दर्ता पनि कोलेनिकाबाट हुनेछ। नेपाल सरकार अर्थमन्त्रालयबाट नेपाल राजपत्रमा प्रकाशित सूचना जारी भए अनुसारका इजाजतपत्र नविकरण लगायतका काम पनि गर्ने छ । 

व्यक्तिगत प्यानबाट व्यवसायिक बनाउने, प्यान दर्ताका विवरण संशोधन गर्ने र दर्ता खारेजीका काम पनि गरिने छ । दर्ता भएका करदाताको अभिलेख कोलेनिकाले राख्ने भएको छ भने राजश्व संकलनसँग सम्बन्धित भौचर संशोधन पनि कोलेनिकाले गर्नेछ । करदाताले कोलेनिका वा बागलुङस्थित आन्तरिक राजश्व कार्यालय रोजेर कारोवार गर्न पाउने व्यवस्था पनि छ । अनलाइनमार्फत काम गर्न पनि सकिने छ । केही कामका लागि भने पर्वतका करदाता बागलुङमै आउनुपर्ने भएको छ । विशेषगरी मूल्य अभिवृद्दि करमा दर्ता गर्ने, रुपान्तरण गर्ने, दर्ता खारेजी गर्ने, ३० लाखभन्दा बढी कारोवार गर्ने, वार्षिक ३ लाख नाफा भएको फर्मको करचुक्तादेखि करदताको कार्यालय स्थानान्तरण, बक्यौता लागत कट्टा गर्ने र विशेष प्रकृतिका अन्य काममा भने बागलुङ आउनै पर्ने भएको हो । यो विधिले राज्यको व्ययभार भने घट्ने जनाईएको छ । बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले पर्वतसहित म्याग्दी र मुस्ताङ पनि हेर्ने गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

छथरमा जातीय–सांस्कृतिक सहअस्तित्व र साहित्यमा केन्द्रित प्राज्ञिक गोष्ठी

काठमाडौं । तेह्रथुम – छथर गाउँपालिकामा जातीय, सांस्कृतिक विविधता र साहित्यिक–सामाजिक सहअस्तित्वका विषयमा प्राज्ञिक...

राष्ट्रपति पौडेलसँग ब्रिटिश गोर्खा सेनाको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डसहितको टोलीले...

सुनसरी–४ का मतदाताले उम्मेदवारसँग मागे बाढी नियन्त्रण र पूर्वाधार सुधार

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं...

कास्की–२ कांग्रेस उम्मेदवार बास्तोलाको हात फ्र्याक्चर, चुनावी अभियानमा चोट

काठमाडौं । नेपाली कांग्रेसका कास्की–२ का उम्मेदवार माधवप्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा घाइते हुनुभएको...