भरतपुर अस्पतालमा बिरामीको चाप

Published on

काठमाडौं । गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् ।अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत  छन् ।विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये स्वास्थ्य बीमाका एक हजार ६८५ र ६७२ अन्य थिए । पौडेलका अनुसार यसअघिको अस्पतालको सबैभन्दा उच्च बिरामी सङ्ख्या २०८० असोज ४ गते थियो । त्यस दिन तीन हजार दुई जनाले सेवा लिएकामा दुई हजार १४३ स्वास्थ्य बीमाका र ८८९ अन्य बिरामी थिए ।

पौडेल एकाएक बिरामी बढ्नुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु परिवर्तन हुनसक्ने आशङ्का, पुसमा धेरैको बीमा अवधि सकिनु, काठमाडौँका कतिपय अस्पतालले बीमा सेवा बन्द गर्नु, विद्यालयमा बिदा हुनुलगायतका कारण हुनसक्ने बताउनुहुन्छ । स्वास्थ्य बीमामा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल स्वास्थ्य बीमासँगै नगदमा सेवा लिनेलाई अस्पतालले गरेको उच्चतम व्यवस्थापनका कारण बिरामीको उच्च चाप भएको बताउनुहुन्छ ।  के कारणले एकाएक बिरामी बढे भन्न नसकिने भन्दै उहाँले बीमा बन्द हुने हल्लाकै कारण बिरामी थपिएको हुनसक्ने बताउनुभयो । भरतपुरमा एक वर्षमा झण्डै चार लाख ५० हजार पटक बीमामा सेवा लिने आउने गरेका छन् । उनीहरुलाई सेवा दिएवापत बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम ६० करोडभन्दा माथि पुगेको पौडेलले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

केन्जोको प्रतिमा निर्माण

काठमाडौं । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पदमचाल (केन्जो) फुलको प्रतिमा निर्माण गरेको छ । हिमाली...

जापानमा ताकाइचीको ठूलो जितको अपेक्षा

काठमाडौं । जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो दललाई महत्त्वाकांक्षी रूढीवादी राजनीतिक एजेन्डा अघि बढाउन...

फागुन ३ देखि म्याग्दीमा मतदाता शिक्षा अभियान

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी म्याग्दीमा मतदाता...

टी–२० विश्वकप : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै इङ्ल्यान्ड

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले अहिले दुई पटकको...