हातहतियार तथा खरखजाना बुझाउन निर्देशन

Published on

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाजुराले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानीयलाई निर्देशन दिएको हो ।

मङ्गलबार एक सूचना जारी गर्दै इजाजतप्राप्त वा इजाजत नलिई व्यक्तिगत रूपमा राखिएका भरुवा बन्दुकसहितका हातहतियार जिल्ला प्रहरी कार्यालय बाजुरा वा नजिकको प्रहरी चौकीमा बुझाउन सबैमा आग्रह गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले यो निर्देशन जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले तोकिएको म्यादभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन अनुसार कारबाही गरिनेछ ।” फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र निष्पक्ष भएरहित विश्वसनीय र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले यस्तो सूचना जारी गरेको निरौलाले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...