मुस्ताङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुस्ताङमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । न्यायाधीश विद्याराज पौडेलले सो कार्यालयको उद्घाटन गर्नुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका जिल्ला प्रमुख तथा अन्य सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

कार्यालयको उदघाटनको अवसरमा मुख्य निर्वाचन अधिकृत पौडेलले मुस्ताङमा निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि जिल्लाका राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार तथा नागरिक सबैको सहयोग आवश्यक रहेकाले निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिलाई अगाडि बढाउने  मुख्य निर्वाचन अधिकृत पौडेलको भनाइ छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी शर्माले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला निर्वाचन अधिकृत लोकेन्द्र ज्ञवालीले जिल्लाभित्रका मतदानस्थलसहित हालसम्म गरिएको कार्यका बारेमा जानकारी गराउनुभएको थियो । 

अत्याधिक चिसोका कारण उपल्लो मुस्ताङका अधिकांश बस्ती खाली भएको र तल्लो क्षेत्रका बासिन्दा समेत जाडो छल्न बेसी झरेको अवस्थामा फागुन महिनामा मतदाता फर्किएपछि गाउँमा चलपहल हुन्छ भने उम्मेदवारले मनोनयनपत्र दर्ता गरेपछि मतदाता भेटघाटका लागि समेत जिल्ला बाहिर जान्छन् । मुस्ताङ जिल्लाको थासाङ, घरपझोङ, बाराजुङ मुक्तिक्षेत्र, लो घेकर दामोदरकुण्ड र लोमन्थाङ गाउँपालिकामा ३९ मतदानस्थलमा कुल ११ हजार ३ सय २८ रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...