दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ। कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले गर्नुभयो । उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो। निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी दिँदै जिल्लास्थित राजनीतिक दलसँग आवश्यक छलफल सम्पन्न भइसकेको उल्लेख गर्नुभयो। उहाँले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यालय स्थापना भएसँगै संखुवासभामा निर्वाचनको माहोल बढेको छ। जिल्लाको राजनीतिक दल र मतदाताले पनि निष्पक्ष निर्वाचनको अपेक्षा व्यक्त गरेका छन्। कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुख नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा (एमाले) अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा प्रतिनिधि भिमबहादुर श्रेष्ठ, राप्रपाका कार्यबाहक अध्यक्ष बिष्णु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...