कुर्घा शिविरमा ९०६ ले लिए स्वास्थ्य सेवा

Published on

काठमाडौं । गुल्मीको मुसिकोटमा प्रसिद्ध भाटी मेलाको अवसरमा मालिका युवा क्लवको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । मुसिकोट नगरपालिका –६ को कुर्घामा मुसिकोट नगरपालिकाको समन्वय र बुटवल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा ९०६ जनाले विभिन्न सेवा लिएका थिए । शिविरमा इसिजी ११६, सुगर जाँच १०५ र भिडियो एक्सरे २६ जनाको गरिएको शिविरको सहजकर्ता भरतजङ्ग क्षेत्रीले जानकारी दिनुभयो ।

क्षेत्रीका अनुसार शिविरमा सुगर, प्रेसर, थाइराइड, पेट तथा छाता रोग बिशेषज्ञ डाक्टर गौरव धिताल, हाडजार्नी तथा नशा रोग बिशेषज्ञ डा. समिर उल्लाह, बाल रोग बिशेषज्ञ डा. प्रदिप शर्मा, सुगर, प्रेसर तथा मिर्गौला रोग बिशेषज्ञ डा. अब्दुर साबुर खान, स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डा. ईशु शर्मासहित १६ जना बिशेषज्ञ डाक्टरहरुले बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । क्षेत्रीले शिविरमार्फत विशेषज्ञ डाक्टर गाउँमै आएर उपचार गर्दा स्थानीय उत्साहित हुने र आफूमा भएका समस्याहरुको परामर्श लिएर समाधान गर्न पाउँदा जनता प्रत्यक्ष फलदायी हुने भएकाले सबैलाई आकर्षण बढेको बताउनुभयो । शिविरमा आउनु भएकी मुसिकोट नगरपालिका –६ की खिमकुमारी भट्टराई  गाउँमै बिशेषज्ञ डाक्टरसँग चेकजाँच गराउन पाउँदा खुसी हुनुहुन्थ्यो । पैतला झमझमाउने समस्याले पीडित भट्टराईले गाउँमै विशेषज्ञ सेवा पाउँदा राहत भएको बताउनुभयो ।

स्थानीय कमलपति अर्याल पनि वुटवल काठमाडौं पुगरे पाउने बिशेषज्ञ डा. गाउँमै भेट्दा उत्साहित हुनुहुन्थ्यो । धेरै लामो समयपछि गाउँमै ठूला डा. भेटेर आफ्नो समस्या खुलेर राख्ने अवसर पाएकोमा आयोजकलाई अर्यालले आभार प्रकट गर्नुभयो । शिविरमा सहभागी पेट तथा छाता रोग बिशेषज्ञ डा. गौरव धितालले धेरैजस्तो सुगर, प्रेसर र दमका बिरामी बढि भेटाएका बताउनुभयो । महिला र उमेर ढल्केकाहरु रोगबाट बढी पीडित भएकाले उमेरअनुसार खानपान र व्यायाम तथा नियमित  स्वास्थ्य परीक्षण गर्न धितालले सुझाव दिनुभयो।

शिविरमा सेवा लिएका बिरामीलाई स्वास्थ्य परीक्षणपछि निःशुल्क औषधी वितरण गरिएको छ । भाटी मेलामा गत पुस २३ गतेदेखि माघ ३ गतेसम्म कृषि खेलकुद, साँस्कृतिक कार्यक्रम सञ्चालन भएको थियो । युवाहरुको खेलप्रतिको उर्जालाई टेवा दिने, स्थानीय कला सँस्कृतिको विकास, कृषि उत्पादन र पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले बर्सेनी भाटी मेला आयोजना गर्ने गरिएको क्लवमा अध्यक्ष राजेश रायमाझीले बताउनुभयो ।

शिविरको संयोजन गरिरहेको मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल  ‘जीवन’ ले खेल र साँस्कृतिक कार्यक्रमसँगै मेला आयोजकले स्वास्थ्य शिविरको योजना पेश गरेपछि आफूहरुले आर्थिक साझेदारी गरेको बताउनुभयो । उहाँले आफूहरुले विभिन्न स्वास्थ्य संस्थाबाट जनशक्तिसहित व्यावस्थापकीय काममा आर्थिक सहयोग गर्दा स्थानीय नागरिकले महत्वपूर्ण अवसर पाएको बताउनुभयो । खरेलले सवै वडाहरुमा क्रमशः शिविरलाई जोड्दै जाने बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...