जुम्लामा पाँच पार्टीले टुङ्ग्यायाे उम्मेदवार

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन नजिकिँदै जाँदा पाँचवटा राजनीतिक दलले आफ्ना उम्मेदवार टुङ्गो लगाइसकेका छन् भने अन्य दलहरू उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । नेकपा एमालेले जुम्लाबाट पार्टी अध्यक्ष शान्तिलाल महतलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले नरेश भण्डारीलाई र नेकपा माओवादी केन्द्रले विर्ष बहादुर शाही (प्रभाजित) लाई उम्मेदवारको रूपमा अघि सारेको हो ।

यसैगरी, नेपाली कांग्रेसले दिप बहादुर शाही र रास्वापाले विनिता कठायतलाई उम्मेदवारको रूपमा अघि सारेको छ । उम्मेदवार टुङ्गो लगाएका दलहरूले निर्वाचन लक्षित सङ्गठन विस्तार, मतदाता भेटघाट तथा आन्तरिक तयारीलाई तीव्रता दिइरहेका छन् । उम्मेदवारहरू आफ्ना एजेण्डा, प्रतिबद्धता र विकासका योजनासहित चुनावी मैदानमा उत्रने तयारीमा छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भने हालसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । मनोनयन दर्ताको समय नजिकिँदै जाँदा ती दलहरू आन्तरिक छलफल, नेतृत्वस्तरको परामर्श तथा सम्भावित उम्मेदवारबिच सहमति जुटाउन व्यस्त रहेका छन् । मनोनयन दर्ताका लागि अब दुई दिनमात्रै बाँकी रहेकाले बाँकी दलहरूले पनि चाँडै उम्मेदवारको घोषणा गर्ने अनुमान गरिएको छ । निर्वाचन कार्यालयका अनुसार मनोनयन प्रक्रिया समयमै सम्पन्न गराउन सबै तयारी पूरा गरिएको छ ।

यसपटकको प्रतिनिधिसभा निर्वाचनलाई जुम्लाबासीले विशेष महत्त्वका साथ हेरेका छन् । सडक, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा सिँचाइ जस्ता आधारभूत विकासका मुद्दा यसपटकको निर्वाचनका प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ । मतदाताहरूले विगतका प्रतिनिधिको कार्यसम्पादनको मूल्याङ्कन गर्दै योग्य र जिम्मेवार उम्मेदवार छनोट गर्ने मनस्थितिमा रहेको स्थानीयको भनाइ छ । राजनीतिक दलहरूबिचको प्रतिस्पर्धा बढ्दै जाँदा जुम्लामा चुनावी माहोल थप तातिने देखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...