नेकपाबाट हुम्लामा डा. रोकाया उम्मेदवार

Published on

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीद्वारा हुम्ला जिल्लाका लागि डा. दिपेन्द्र रोकायालाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा हुम्लाले रोकायालाई केन्द्रले उम्मेदवार छनोट गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनका लागि उम्मेदवारका रूपमा डा. रोकाया छनोट गरेसँगै पार्टी चुनावी अभियानको तयारीमा लागेको छ । हाल डा. रोकाया नेकपाको केन्द्रीय सदस्य हुनु हुन्छ । रोकाया यसअघि नेकपा माओवादी हुम्लाका जिल्ला संयोजक हुनु हुन्थ्यो भने कर्णाली प्रदेश योजना आयाोगको पूर्व सदस्य समेत रहिसक्नु भएको छ ।

उहाँ प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नयाँ अनुहार हुनु हुन्छ । नेकपाले जिल्लाबाट छ जनाको नाम सिफारिस गरेको थियो । जसमा संविधान सभा सदस्य छिमी दोर्जे लामा, कर्णजित बुढाथोकी, डा. दिपेन्द्र रोकाया, निवर्तमान प्रतिनिधि सभा सदस्य छिरिङडम्डुल लामा र प्रेमबहादुर शाही तथा ध्रुव शाहीको नाम सिफारिस गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...