लमजुङमा नेकपाका युवा नेता तामाङ उम्मेदवार

Published on

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले लमजुङमा प्रतिनिधिसभा सदस्यमा हरिजङ तामाङलाई उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) बाट आइतबार उहाँले उम्मेदवारको टिकट लिनु भएको हो । युवा नेता तामाङ नेकपाको गण्डकी प्रदेश कमिटी सदस्य हुनु हुन्छ । लमजुङ जिल्ला अस्पतालका निवर्तमान अध्यक्ष तामाङ २०७९ मा भएको स्थानीय तह निर्वाचनमा बेँसीसहर नगरपालिकाको उपप्रमुखको उम्मेदवार हुनु हुन्थ्यो । नेपाली कांग्रेससँग तालमेल गर्दा पनि उहाँ नेकपा (एमाले) का उम्मेदवार पदमा गुरुङसँग पराजित हुनु भएको थियो । सो निर्वाचनमा उहाँले चार हजार ६९९ मत पाउनु भएको थियो ।

राजनीतिक शास्त्रमा एम.फिल–पिएचडी स्कलर तामाङले समाज शास्त्रमा एमए, आदिवासी शिक्षा र विकास विषयमा पोस्ट मास्टर र कानुन विषयमा स्नातक गर्नु भएको छ । उहाँले विगतमा बुद्धि विकास प्राथामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, नेपाल तामाङ घेदुङ गण्डकीको अध्यक्ष, जनजाति महासङ्घ लमजुङको अध्यक्ष, जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष तथा लमजुङ अस्पतालको अध्यक्ष भएरसमेत काम गरिसक्नु भएको छ । २०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट तत्कालीन माओवादीका उम्मेदवार बुद्धिराम तमु विजयी भई कांग्रेस किल्ला भत्काउनु भएको थियो । सो विरासतलाई २०७० मा जोगाउन नसके पनि २०७४ मा नेकपा (एमाले) सँगको तालमेलमा माओवादीका तत्कालीन महासचिव देव गुरुङ विजयी हुनु भएको थियो ।

२०७९ मा कांग्रेससँगको तालमेलमा उठ्नुभएका देव गुरुङ नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङसँग पराजित हुन पुग्नु भयो । यसपटक नेकपाका प्रभावशाली नेता देव गुरुङ पछि हट्दा तामाङले एमालेका ‘हेवीवेट’ उम्मेदवार पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धा गर्नु पर्ने छ । त्यसो त गत निर्वाचनमा माओवादीलाई समानुपातिक मतमा समेत उछिनेर तेस्रो प्रतिस्पर्धी भएको रास्वपासमेत नेकपाका लागि चुनौती बनेर उभिने छ । गोरखापत्र

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...