कांग्रेस म्याग्दीबाट भण्डारी उम्मेदवार

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले म्याग्दीले कणबहादुर भण्डारी(केबी) लाई उम्मेदवार बनाउने भएको छ । भण्डारी जिल्ला उपसभापति हुनुहुन्छ । पार्टी केन्द्रले भण्डारीलाई उम्मेदवारको टिकट दिएको जिल्ला कार्यसमितिका समितिका सचिव भरतबहादुर रकालले जानकारी दिनुभयो ।

कांग्रेस म्याग्दीले जिल्ला सभापति समेत रहनुभएका निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बीर) र उपसभापति भण्डारीको नाम पहिला नै सिफारिस गरेको थियो । जिल्लाबाट सिफारिस भएका मध्यबाट नै उम्मेदवार टुंगो लगाएको सचिव रकालले जानकारी दिनुभयो । भण्डारी कांग्रेस भित्र नेता शेखर कोइराला निकट भनेर चिनिनुभएको छ । केन्द्रमा कोइरलाले पार्टीको हालै सम्पन्न भएको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासँग मिलेर निर्वाचनमा जाने बताएसँगै भण्डारीले टिकट पाउनुभएको जिल्लाका नेताहरुले बताएका छन् ।

काठमाडौँमा भएको छलफल तथा भेलाबाट म्याग्दी कांग्रेसलाई एकतावद्ध बनाएर निर्वाचनमा जानका लागि सर्वसम्मत रुपमा उपसभापति भण्डारीलाई उम्मेदवार बनाउने निर्णय भएको सचिव रकालले जानकारी दिनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...