धनकुटामा मनोनयन दर्ताका लागि रुट र समय निर्धारण

Published on

काठमाडौं । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले मङ्गलबार हुन लागेको मनोनयन दर्ताका लागि फरक फरक राजनीतिक दललाई फरक फरक रुट र समय निर्धारण गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, धनकुटाले सोमबार एक सूचना जारी गर्दै  राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि तोकिएको आगमन रुट र समय तालिका सार्वजनिक गरेको हो । कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन सर्वपक्षीय छलफल गरी रुट र समय निर्धारण गरिएको निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिनुभयो ।   

तालिका अनुसार मङ्गलवार श्रम संस्कृति पार्टीलाई बिहान ११ बजेको समय निर्धारण गरिएको छ । त्यस्तै यलम्बर चोक वाट भिमनारायण चोक हुँदै धनकुटा नगरपालिका कार्यालय मार्ग प्रयोग भनिएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लाई १ बजे पार्टी कार्यालय, मदन चोक भिमनायरायण चोक हुँदै आउन भनिएको छ । त्यस्तै, नेपाली कांग्रेसलाई  १ः३० मा चुवाको बोट भिमनाराण चोक हुँदै, नेपाल कम्युनिस्ट पार्टीलाई २ मा मदन चोक भिमनारायण चोक हुँदै,  राष्ट्रिय प्रजातन्त्र पार्टी २ः३० कोप्चे वाट परिचय भिमनारायण चोक हुँदै मनोनयन दर्ताको लागि आउन भनिएको छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ परिचय मोड जिल्ला प्रहरी कार्यालय भिमनाराण चोक हुँदै,  नेपाल कम्युनिस्ट पार्टी (बिप्लप) लाई ३ः३० मदन चोक जिल्ला प्रहरी कार्यालय हुँदै , जनता समाजवादी पार्टी नेपाललाई ४ बसपार्क मदन चोक भिमनारायण चोक हुँदै तथा मङ्गोल नेशनल अर्गनाइजेशनले दिउँसो ४ः३० मदन चोक जिल्ला प्रहरी कार्यलयको बाटो प्रयोग गरी आउन भनिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित र मर्यादित बनाउन राजनीतिक दलसँगको छलफल पछि रुट र समय निर्धारण गरिएको जनाएको छ ।  सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई तोकिएको समय र रुटको पालना गर्न आग्रह गरेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...