कांग्रेस सभापति थापाले सर्लाही ४ बाट उम्मेदवारी दिनुहुने

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको क्षेत्र नं. ४ बाट उम्मेदवारी दिनुहुने भएको छ । कांग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रामआश्र साहले पार्टी सभापति थापा मनोनयन दर्ता गर्न सर्लाही आउन लाग्नुभएको गोरखापत्र अनलाइनलाई पुष्टि गर्नुभयो । कांग्रेसले यस क्षेत्रका उम्मेदवारका आकाङ्क्षी एवम् मधेश प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहलाई ‘ब्याक’ हटाएर पार्टी सभापति थापालाई अघि सारेको हो ।

सभापति थापा दिउँसो क्षेत्र नं. ४ स्थित वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आएर मनोनयन दर्ता गर्नुहुने क्षेत्रीय सभापति साहले बताउनुभयो । २०७९ सालमा सर्लाही क्षेत्र नं. ४ बाट डा. अमरेशकुमार सिंह स्वतन्त्रबाट उम्मेदवारी दिएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । निवर्तमान प्रतिनिधि सदस्य सिंहले यो पटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्पा) बाट उम्मेदवारी दिनुभएको छ । सिंह २०७९ सालमा नेपाली कांग्रेसले निकट नदिएपछि पार्टी परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

सीमावर्ती क्षेत्र धेरै पर्ने सर्लाहीको क्षेत्र नं. ४ मा २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित सिंहले २० हजार १७, नेपाली कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ र स्वतन्त्रबाट उम्मेदवारी दिनुभएकी मधुमाला यादवले १४ हजार २२ मत प्राप्त गर्नुभएको थियो । सर्लाही क्षेत्र नं. ४ बाट यो पटक कांग्रेस सभापति थापासहित निवर्तमान प्रतिनिधि सभा सदस्य सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का डा. रजनीश यादव, जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव, नेकपा एमालेका रवीशङ्करसिंह कुहवाहालगायतले उम्मेदवारी दिँदै हुनुहुन्छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा मङ्गलबार उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयका कर्मचारीहरु उम्मेदवारहरुको प्रतीक्षा गरेर बसिरहेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...