इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

Published on

काठमाडौं । पछिल्लो पटक युवामाझ लोकप्रिय बन्दै गएका एमाले नेता सुहाङ नेम्वाङले प्रतिनिधिसभा निर्वाचनका लागि इलाम-२ मा आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ । अघिल्लो पटक उप-निर्वाचनमा निर्वाचित नेम्वाङलाई एमालेले इलाम-२ का लागि एकल उम्मेदवार सिफारिस गरेको थियो । यसअघि सोही क्षेत्रबाट निर्वाचित नेम्वाङ् गएको २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा २७ हजार ७ सय ७२ ल्याएर विजयी हुनु भएको थियो । नेम्वाङ्का निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले सो निर्वाचनमा २२ हजार ९ सय ४२ मत ल्याउनु भएको थियो । 

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै विजयी बनेका नेम्वाङले आफ्नो उम्मेदवारी दर्ता पछि आफ्नो क्षेत्रका लागि धेरै अधुरा र अपुरा काम गर्न बाँकी रहेकाले पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको बताउनु भयो । उता इलाम–१ मा नेकपा एमालेका काजीमान कागतेले उम्मेदवारी दर्ता गराउनु भएको छ । यसअघिका निर्वाचनमा इलामका दुवै क्षेत्रमा नेकपा एमाले विजयी हुँदै आएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...