पूर्व सञ्चारमन्त्री गुरुङद्वारा उम्मेदवारी दर्ता

Published on

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दोलखाबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार अपरान्ह चारिकोटस्थित निर्वाचन आयोगको कार्यालय पुगेर नेता गुरुङले पार्टीका नेता एवं कार्यकर्तासँगै गएर उम्मेदवारी दर्ता गराउनुभएको हो । त्यसक्रममा नेता पोखरेल र गुरुङले दोलखाको पार्टी एकतावद्ध भएर निर्वाचनमा होमिएको सन्देश दिनुभएको पार्टी जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो । उम्मेदवारी दर्तापछि नेता गुरुङले देशलाई बचाउने र बनाउने मुख्य एजेण्डासहित एमाले चुनावमा होमिएको बताउनुभयो । 

दोलखामा गुरुङले आफूलाई राजनीतिमा इमान, निष्ठा, सक्रियताको पहिचान बनाउनुभएको छ । त्यसैगरी उहाँले राजनीति र उद्यमशीलतालाई सफलतापूर्वक अघि बढाएर राजनीतिलाई कमाईखाने भाँडोको रुपमा प्रयोग गर्न नहुने दृष्टान्त पेश गर्नुभएको छ । गुरुङले यस अघि २०७४ सालको निर्वाचनमा काँग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार बढी फराकिलो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...