चिकित्सक संघको निर्वाचनका लागि उम्मेदवारको नामावली सार्वजनिक

Published on

काठमाडौं । नेपाल चिकित्सक संघ –एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको  छ। उच्च अदालतको आदेशका कारण केही समय अवरुद्ध बनेको निर्वाचन प्रक्रिया  निर्वाचन समितिले पुनःअगाडि बढाउँदै अन्तिम नामावली प्रकाशन गरेको हो । समितिले पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेश भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको छ । 

समितिले जारी गरेको सूचनामा पाटन उच्च अदालतको आदेशका कारण अवरुद्ध निर्वाचन प्रक्रियालाई अगाडि बढाउन निर्वाचन समितिले पुस २७ गते विभिन्न सरोकारवालासँग गरिएको अलग अलग छलफल एवं पुस २८ र माघ ३ मा गरिएको सर्वपक्षीय छलफल पछि नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकोले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उहाँको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको हो ।

संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आयोगसँग स्वीकृत लिई निर्वाचनको नयाँ मिति तय गरिने सूचनामा उल्लेख छ । साथै समितिले सबै उम्मेदवार, मतदाता तथा सरोकारवालालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ। सार्वजनिक नामावली अनुसार एनएमएको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा डा.बद्री रिजाल, डा.मंगल रावल र डा.नारायणप्रसाद भुसालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षको लागि डा.अजयकुमार मिश्रा, डा.कृतिपाल सुवेदी, डा.सञ्चीव तिवारीलेको उम्मेदवारी परेको छ ।  महासचिव पदको लागि तीन जना, कोषाध्यक्षको लागि दुई, सहसचिवको लागि तीन , सह कोषाध्यक्षको लागि दुई  र सदस्यको लागि १८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, प्रदेश संयोजकको लागि कोशीमा तीन, मधेशमा तीन, बागममीमा चार, गण्डकीमा दुई ,लुम्बिनीमा तीन, कर्णली प्रदेशमा तीन र सुदूर पश्चिममा दुई जनाको उम्मेदवारी परेको छ ।  गोरखापत्र

spot_img

ताजा समाचार

आकासे वर्षाको प्रतीक्षामा आँप किसान

काठमाडौं । धनुषा लगायत तराई मधेशका आँप किसान यतिबेला आकासे वर्षाको प्रतीक्षामा छन् ।...

बैतडीमा आर्थिक गणना कार्यालय स्थापना

काठमाडौं । बैतडीमा दोस्रो आर्थिक गणनाका लागि आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।...

प्रशासन कार्यालयबाट करिब दुई हजारलाई सेवा प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पछिल्लो एक महिनाको अवधिमा करिब दुई हजार सेवाग्राहीलाई...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध...