बैतडीमा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

Published on

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बैतडी प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । सोही क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ । व्यक्तिका नाममा दर्ता रहेका हातहतियार तथा त्यसमा प्रयोग हुने गोली यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनु भयो । निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको उहाँले बताउनु भयो ।

निर्देशन अनुसार तोकिएको समयभित्र इजाजत प्राप्त हातहतियार नबुझाए प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ । बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जनाइएको छ । यता जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि निर्वाचनको तयारी तीव्र पारेको जनाएको छ । एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भइसकेको छ ।

जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएका छन् भने एक लाख ५६ हजार ३७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनु भयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...