सुदूरपश्चिममा दुई सय १० जनाको उम्मेदवारी

Published on

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि २१० जनाको उम्मेदवारी परेको छ । १६ सिटका लागि स्वतन्त्रसहित विभिन्न पार्टीका गरेर २१० जनाको उम्मेदवारी परेको हो । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा सबैभन्दा बढी ७८ जनाको उम्मेदवारी परेको छ । यसैगरी, तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा ५५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ र २ मा १९–१९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, ३ मा १७ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चौधरीले जानकारी दिनु भयो । दुई निर्वाचन क्षेत्र रहेको अछाममा १७ जनाको उम्मेवारी परेको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ मा ८ र निर्वाचन क्षेत्र नम्बर २ मा नौ जनाको उम्मेदवारी परेको छ । यस्तै, डोटीमा नौ, बाजुरामा आठ, बझाङमा सात, बैतडीमा १२, दार्चुलामा ११ र डडेल्धुरामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...