शुक्रबारदेखि पोखरा रंगशालामा भलिबलको महाकुम्भ

Published on

काठमाडौं । पोखरामा शुक्रबारदेखि राष्ट्रिय खेल भलिबलको महाकुम्भ सुरु हुने भएको छ । टाइगर गु्रप अफ पोखराले विगत पाँच वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको ‘एनसेल टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता २०८२’ अन्तर्गतको छैठौं संस्करण माघ ९ देखि १७ गतेसम्म हुने भएको हो । पोखरा रंगशालाको भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुने उक्त प्रतियोगितामा महिला तर्फ पाँच र पुरुष तर्फ छ टोली सहभागी हुनेछन् । यसपटक विदेशी टोलीको पनि रोमान्चक भिडन्त देख्न पाइनेछ । संस्थाले सार्वजानिक गरेको खेल तालिका अनुसार महिला तर्फ थाइल्याण्डको थाइल्याण्ड क्विन्ससहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन् भने पुरुषतर्फ माल्दिभ्सको राष्ट्रिय भलिबल टोलीसहित छ टोली मैदानमा उत्रिने छन् ।

माघ ९ गते उदघाटन खेल महिला र पुरुष दुवै तर्फका तीन खेल हुनेछन् । महिला तर्फ बिहान ९ बजे टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल हुनेछ । त्यसैदिन पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र माल्दिभ्स तथा उदघाटन खेल दिउँसो २ बजेपछि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र नेपाल एपीएफ क्लबबिच खेल हुने भएको संस्थाका सचिव डिबी नेपालीले जानकारी दिनुभयो । प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ । सबै टोलीले एक–आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोलीहरूबिच प्लेअफ खेलमार्फत विजेता, उपविजेता र तेस्रो स्थान निर्धारण गरिने संयोजक कुमार गुरुङले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता टोलीले छ लाख ६६ हजार छ सय ६६, उपविजेताले तीन लाख ६६ हजार छ सय ६६ र तेस्रो हुने टोलीले दुई लाख ६६ हजार छ सय ६६ प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी र विधागत उत्कृष्ट खेलाडीहरूलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । एनसेलको मुख्य प्रायोजनमा उक्त प्रतियोगिता हुने भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...