च्याम्पियन्स लिग : बायर्न म्युनिक र लिभरपुल विजयी

Published on

काठमाडौं । बायर्न म्युनिक र लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बायर्न म्युनिकको जितमा दुवै गोल ह्यारी केनले गर्नुभयो । जितसँगै १८ अङ्क बनाएको बायर्न म्युनिक दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा लिभरपुलले मार्सेलीलाई ३–० गोलले हरायो । लिभरपुलको जितमा डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गर्नुभयो ।

लिभरपुलले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पायो । यस जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनललको २१ अङ्क छ । बुधबार राति नै भएको अन्य खेलमा चेल्सीले पाफोसलाई १–०, न्युकासल युनाइटेडले पीएसभी आयनहोभनलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, युभेन्ट्सले बेनफिकालाई २–०, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२ र कोराबागले फ्र्यान्कफर्टलाई ३–२ गोलले पराजित गरेको छ । गालाटासारे र एट्लेटिको म्याड्रिडले १–१ गोलको बराबरी खेले । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...