तीन हजार बढीको निःशुल्क आँखा परीक्षण

Published on

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरबाट तीन हजार ४७ जनाले लाभ लिनुभएको छ । बेदकोट नगरपालिकाका १० वटै वडामा आयोजना गरिएको निशुल्क आँखा परिक्षण शिविरमा तीन हजार ४७ जनाको निःशुल्क आँखा परीक्षण गरिएकोमा ४०६ जनामा मोतीबिन्दु रोग पत्ता लागेको नगरपालिकाका सूचना अधिकारी केशवदत्त भट्टले बताउनुभयो । मोतीबिन्दु रोग देखिएका बिरामीहरूको च्यारेटी फाउडेन्सनको आर्थिक सहयोगमा धनगढी नेत्रालयमा मोतीबिन्दुको निःशुक्ल उपचारको व्यवस्था मिलाइएको बेदकोट नगरापालिकाका नगरप्रमुख भोजराज बोहराले बताउनुभयो । नगरप्रमुख बोहराले पालिकाबासीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनगर गर्दे निःशुल्क आँखा परिक्षण सिविर सञ्चालन गरिएको बताउनुभयो । स्वास्थ्य शिविरबाट स्थानीयसहित जनप्रतिनिधिहरुले लाभ लिनुभएको छ ।  

वडा १ मा २९८ जनाको आँखा परीक्षण गरिएकोमा ७७ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीबिन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखा संयोजक हरिसा पालले बताउनुभयो । यसैगरी, वडा २ स्थित जडेपानी स्वास्थ्य केन्द्रमा ३८१ जनाको परीक्षण गरिएकोमा ८८ जनालाई चस्मा वितरण गरिएको छ, भने ५५ जनामा मोतीबिन्दु देखिएको छ । वडा ३ को दैजी स्वास्थ्य चौकीमा आयोजित आँखा शिविरबाट ३३६ जनाले लाभ लिनुभएको थियो । जसमध्ये ८३ जनालाई चस्मा वितरण गरिएको छ भने, ६५ जनामा मोतीबिन्दु देखिएपछि धनगढी रेफर गरिएको छ । वडा ४ का २८१ जनाको आँखा परीक्षण गरिएकोमा ८६ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीबिन्दु देखिएको स्वास्थ्य शाखा प्रमुख पालले बताउनुभयो । यसैगरी, वडा ५ मा २६१ जनाको आँखा परीक्षण गरिएको थियो । उक्त वडामा ६९ जनालाई चस्मा वितरण गरिएको छ भने ४२ जनामा मोती मोतीबिन्दु रोग पत्ता लागेको छ । 

वडा ६ का २४३ जनाको आँखा परीक्षण गरिएकोमा ३१ मोतीबिन्दु रोग पत्ता लागेपछि निःशुल्क शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ भने १०२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । वडा ६ स्थित घोर्सुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाका सहायक संयोजक सिद्दराज भट्टले बताउनुभयो । वडा ७ मा ३२६ जनाको आँखा परीक्षण गरिएकोमा ८१ जनालाई चस्मा वितरण गरिएको छ भने ३३ जनामा मोतीबिन्दु रोग पत्ता लागेको उहाँले बताउनुभयो । वडा ८ का २४९ जनाको आँखा परीक्षण गरिएकोमा ३३ जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ भने ८८ जनालाई निःशुल्क चस्मा वितरण स्वास्थ्य शाखाका सहायक संयोजक भट्टले बताउनुभयो ।  

यसैगरी, वडा ९ का ३०५ जनाले आँखा शिविरबाट लाभ लिनुभएको छ । जहाँ ८९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने, ४१ जनामा मोतीबिन्दु रोग पत्ता लागेपछि शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ । वडा १० मा ३७६ जना सेवाग्राहीले लाभ लिनुभएको छ । उक्त वडाका ५९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने ५६ जनामा मोतीबिन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शिविरबाट १० वटै वडाका ८२२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाइएको छ । बेदेकोट नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पताल कैलालीको प्राविधिक सहयोगमा पुस २५ गतेदेखि माघ ७ गते सम्म निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...