सर्लाही क्षेत्र ४ आउनुहुँदै सभापति थापा

Published on

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही ४ मा आउँदै हुनुहुन्छ । थापा आज सर्लाही आउने कार्यक्रम रहेको नेपाली कांग्रेस सर्लाहीले जनाएको छ । थापालाई पूर्वपश्चिम राजमार्गस्थित बागमती कर्मैयामा स्वागत गरेर सर्लाही क्षेत्र ४ मा लैजाने कार्यक्रम रहेको नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले जानकारी दिनुभयो । 

पार्टी सभापति थापालाई स्वागत गर्न कांग्रेसका नेता कार्यकर्ता सर्लाही र रौतहटको सीमा बागमतीस्थित कर्मैयाका कार्यकर्ता आउने बताइएको छ । थापा अब केही दिन आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर पार्टीका नेता, कार्यकर्ता र मतदातासँग भेटघाटन गर्नुहुने कार्यक्रम छ । 

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट कांग्रेस सभापति थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिसकुमार यादव, नेकपाका डा. रजनीश राय, जसपा नेपालका रामेश्वर राय यादवलगायत ३८ जना प्रतिस्पर्धामा हुनुहुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

ओलीको निर्वाचन केन्द्रित एकसाता लामो दौडधुप स्थगन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधामन्त्री केपी शर्मा ओलीले एकसाता लामो मतदाता...

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

काठमाडौं । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज...

कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

काठमाडौं । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ...

कांग्रेसलाई स्वास्थ्यकर्मीको ४१ बुँदे सुधार प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका शुभेच्छा संस्था तथा लोकतन्त्रवादी स्वास्थ्यकर्मीहरूले आगामी निर्वाचनका लागि पार्टीले तयार...