‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम सुरु

Published on

काठमाडौं । इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको प्रविधि तथा सिप आदान–प्रदान गर्ने उद्येश्यले ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम सोमवारवाट सुरु भएको छ । दुई दिनसम्म चल्ने सो कार्यक्रमको विशेष आर्कषणको रुपमा रोबोट रेस रहको छ । युनाइटेड टेक्निकल कलेज भरतपुरमा अध्ययनरत विद्यार्थीहरुको संस्था युनाइटेड टेक क्लबकोको आयोजनामा सञ्चालित सो प्रर्दशनीमा विशेष त विद्यार्थीहरुको प्रविधि, सिप र नवप्रवर्तन प्रस्तुत गरिएको कलेजका प्रमुख कार्यकारी अधिकृत विनोद ढकालले जानकारी दिनुभयो । “इन्जिनियरिङ विधामा अध्ययनरत विद्यार्थीहरुको शिपलाई बाहिर ल्याउने प्लेटफर्मका रुपमा हामीले यसलाई विकास गरेका हौँ”, उहाँले भन्नुभयो । क्लबका कार्यक्रम संयोजक सन्दीप न्यौपानेले प्रर्दशनीमा देशभरीका कलेजहरुवाट १५ वटा प्रोजेक्ट डेमोन्स्ट्रेसन प्रस्तुत गरिएकोे जानकारी दिनुभयो । यसमा सबैभन्दा आर्षक रोबोट रेस रहेको पनि उहाँले जनाउनुभयो । 

“इन्जिनियरिङ विधामा अध्ययनरत विद्यार्थीहरूले उत्पादन गरेका नयाँ प्रविधिहरूको प्रदर्शनसँगै प्रतिस्पर्धा पनि हामीले यसमा गराएका छौँ”, उहाँले भन्नुभयो । यो कार्यक्रम दुई दिनसम्म चल्ने छ । उहाँले विद्यार्थीहरु विचको अनुभव साटासाटले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने दावि पनि गर्नुभयो । कार्यक्रममा विभिन्न खेल तथा फुड स्टलसमेत राखिएका छन् । प्रविधिको प्रयोग गरी खाना अर्डर तथा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको बताइन्छ । “यो टेक सम्बन्धी इनोभेटिभ कार्यक्रम हो। टेक्निकल विद्यार्थीहरूका लागि निकै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो । 

सिभिल, कम्प्युटर, सूचना प्रविधि (आईटी), विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको साझा संस्था युनाइटेड टेक क्लबले यसअघि राष्ट्रियस्तरका ह्याकाथन तथा विभिन्न प्रविधिमूलक कार्यक्रमहरू आयोजना गरि सकेको छ । कार्यक्रमको  एक कार्यक्रमका विच उद्योग संघ चितवनका अध्यक्ष मदन घिमिरेले उद्घाटन गर्नुभएको थियो । उहाँले सो अवसरमा बोल्दै  उद्योग तथा व्यवसाय क्षेत्रमा प्रविधिले सहज बनाउन धारणा राख्नुभयो ।  “प्रदर्शनी तथा प्रतियोगिताले नयाँ प्रविधिमा फड्को मार्न सहयोग पुग्छ”, उहाँले भन्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...