ओखलढुङ्गामा फेरि वृद्ध दम्पतीको बीभत्स हत्या

Published on

काठमाडौं । एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ । भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उहाँकी श्रीमती चन्द्रमाया राईको लुटपाटपछि हत्या भएको अवस्थामा शव फेला परेको हो । वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनाबारे जानकारी दिँदै आफू नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थान गर्ने तयारीमा रहेको बताउनुभयो । “घटनास्थल सुरक्षित राखिएको छ, अनुसन्धानका लागि प्रहरी टोली परिचालन हुँदैछ,” उहाँले भन्नुभयो । यसअघि करिब एक महिना अघि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमै करिब ६० वर्षीय शोभितमान थापा मगर र उहाँकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको बेला पुनः अर्को हत्याको घटना सार्वजनिक भएपछि स्थानीयवासी त्रसित बनेका छन् । लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयले दोषीलाई शीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...