पाँच उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

Published on

काठमाडौं । निर्वाचन आयोगले पाँच जना उम्मेदवारलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै सातवटा स्पष्टीकरण सोधेको छ । सो स्पष्टीकरणमा विभिन्न उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेका उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा ‘हत्यारा’ टिप्पणी गरेका कारण स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । सोही पार्टीका अर्का उम्मेदवार निकोलस भुसालले जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्हका रूपमा प्रचार गरेको विषयमा पनि आयोगले स्पष्टीकरण माग गरेको छ । 

त्यस्तै, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई टिसर्ट लगाउन लगाएको विषयमा आयोगले उहाँलाई स्पष्टीकरण माग गरेको छ । त्यस्तै, उम्मेदवार जानुका पाठकले अन्य उम्मेदवारमाथि  ‘हत्यारा’,  ‘बलात्कारी’ जस्ता घृणाजनक शब्दहरू प्रयोग गरेको आरोपमा आयोगले स्पष्टीकरण माग गरेको सहायक प्रवक्ता सीता पुनले बताउनुभयो ।  सोहीअनुसार नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेनलाई  ‘छाउरा’ भनेर अपमानजनक अभिव्यक्ति प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण सोध्ने जनाएको छ । त्यसैगरी, स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा पनि छानबिन भइरहेको आयोगले जनाएको छ ।

अर्को विषयमा एक शिक्षक सरुवाको विषयसमेत सम्बन्धित महाशाखामा थप बुझ्ने प्रक्रिया जारी रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले ती सबै विषयमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान गर्ने जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...