दुर्गम गाउँ जोड्न झाेलुङ्गे पुल निर्माण हुँदै

Published on

काठमाडौं । दुर्गम बस्तीका स्थानीयलाई सहज आवतजावतको सुविधा उपलब्ध गराउने उद्देश्यले दैलेखमा आर्थिक वर्ष २०८२–८३ मा १० वटा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । कर्णाली प्रदेश सरकारको ४ करोड ९९ लाख ५५ हजार ६ सय ४१ रुपियाँ लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मातहत ग्रामीण विकास सेवा केन्द्रको सामाजिक तथा प्राविधिक सहयोगमा निर्वाचन क्षेत्र १ मा तीनवटा र निर्वाचन क्षेत्र २ मा सात वटा झाेलुङ्गे पुल निर्माण गर्न लागिएको छ । 

पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार निर्वाचन क्षेत्र १ मा मलुका हितगल्छी झाेलुङ्गे पुल भगवतीमाई गाउँपालिका –५, खडाखेत झाेलुङ्गे पुल डुगेश्वर गाउँपालिका –१ र चित्रेकुनाखोला झाेलुङ्गे पुल डुगेश्वर गाउँपालिका–६ मा पुल निर्माण सुरु भएको हो । त्यस्तै, निर्वाचन क्षेत्र २ मा ध्यापगोढीखोला झाेलुङ्गे पुल निर्माण ठाटिकाँध गाउँपालिका –३ गोटीखोला झाेलुङ्गे निर्माण, मुथीगाउँ खोलीबजार झाेलुङ्गे पुल, वालाखोला झाेलुङ्गे पुल निर्माण ठाँटिकाँध गाउँपालिका –५ हुकानेखोलागोर्खे झाेलुङ्गे  पुल निर्माण. आठविस नगरपालिका–९, सियाला देउलीसिम झाेलुङ्गे पुल निर्माण ठाँटिकाँध गाउँपालिका –६ र चौडजोगी ढुङ्गा निमायल झाेलुङ्गे पुल आठबिस नगरपालिका –३ मा पुल निर्माण गर्न लागिएको छ । 

पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रवीण कार्कीले दशवटा पुल निर्माण हुने झाेलुङ्गे पुल निर्माणका लागि उपभोक्ता समिति निर्माण गरी उहाँहरुलाई आवश्यक सीप विकास तालिमसमेत सञ्चालन गरिएको बताउनुभयो । उहाँले दश वटा झुुलुङ्गे पुल निर्माण समितिका अध्यक्ष, कोषध्यक्ष, दक्षमिस्त्रीहरुलाई झोलुङ्गे पुल बनाउने तरिका र प्रयोग हुने सामानको प्रयोगात्मक अभ्यास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “असार १५ गतेसम्म सम्पन्न हुनेगरी काम सुरु गरिएको छ ।” 

ग्रामीण विकास सेवा केन्द्रका कार्यक्रम संयोजक नवीनकुमार शर्माले उपभोक्ता समितिका पदाधिकारी, मिस्त्रीलाई झोलुङ्गे पुलका लागि प्रयोग हुने फुटवाक, ह्याण्डमेल स्याडल फलामे लठ्ठा, फलामे लठ्ठा अड्याउन माटो भएकोतिर डेटमेन र ढुङ्गाको चट्टान भेटिएकोतिर ड्रमसेट लठ्ठा बाँधेर अड्याउने, लठ्ठा बाँधेर डेटमेन र ड्रम जमिनको सतहमा राखी माथिपट्टि ढुङ्गाको पर्खाल कसरी लगाउने भन्ने विषयमा सिकाइएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...