कालिज पालेर मासिक एक लाखभन्दा बढी आम्दानी

Published on

काठमाडौं । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्किनु भएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गर्नुभएको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उहाँले कालीजपालन सुरु गर्नुभएको थियो । रु. १३ लाख लागतमा उहाँले सो व्यवसाय सुरु गर्नुभएको थियो । सुरुमा प्रतिगोटा रु. दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गर्नुभएका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्नुहुन्छ । एउटा चल्ला रु. २०० मा बिक्री हुने गरेको छभने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा रु. दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ । चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिनुहुन्छ भने दिउँसो अन्य काममा लाग्नुहुन्छ । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

सापकोटाले भन्नुभयो, “साउदीमा जति कमाइ गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।” गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...